सफारी लगेजको पहिलो शोरूम काठमाडौंमा सञ्चालन, ४० प्रतिशतसम्म छुट

काठमाडौं । जगदम्बा मोबाइल्सले विश्वप्रसिद्ध लगेज तथा ट्राभल एक्सेसरीज ब्रान्ड ‘सफारी’को पहिलो एक्सक्लुसिभ शोरूम काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । सफारी ब्रान्डका लागि नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स नै हो ।

करीब ३५० वर्गफुट क्षेत्रमा फैलिएको नयाँ शोरूमले नेपाली यात्रुहरूलाई आधुनिक डिजाइन, सहज बोक्न मिल्ने, टिकाउ र स्टाइलिश लगेज, ब्याकप्याक तथा ट्राभल एक्सेसरीज उपलब्ध गराउने उद्देश्य राखेको छ । आकर्षक रङ, बलियो बनावट र बहुउपयोगीताका लागि परिचित सफारी ब्रान्डले हार्ड र सफ्ट लगेजदेखि ब्याकप्याक र अन्य यात्रा सामग्रीसम्मका विविध कलेक्सन प्रस्तुत गरेको छ ।

शोरूम उद्घाटन समारोहमा शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटियाले भने, 'काठमाडौंमा हाम्रो पहिलो एक्सक्लुसिभ शोरूम खोल्न पाउँदा निकै खुशी लागेको  छ। हामी विश्वास गर्छौँ कि यसले नेपाली यात्रुहरूलाई विश्वस्तरीय, आकर्षक र टिकाउ ट्राभल सोलुसन छनोट गर्न अझ सहज बनाउनेछ। सबै मानिस जन्मजात यात्रु हुन् भन्ने मान्यताका साथ, हामी स्टाइलिश, आरामदायी र भरपर्दो लगेज तथा ब्याकप्याकमार्फत प्रत्येक यात्रुको भरोसायोग्य साथी बन्न प्रतिबद्ध छौँ ।'

जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारी सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठले भने, 'काठमाडौंमा सफारीको पहिलो एक्सक्लुसिभ स्टोर उद्घाटन हुनु हाम्रो यात्राको महत्वपूर्ण माइलस्टोन हो । गुणस्तर र नवीनतालाई केन्द्रमा राख्दै, हामी प्रत्येक यात्रुको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धतासहित अघि बढिरहेका छौँ ।'

शोरूम उद्घाटनको अवसरमा सीमित समयका लागि सम्पूर्ण सफारी उत्पादमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सिटी सेन्टरमा सुरू गरिएको यो शोरूमले सफारीको टिकाउपन, आकर्षक डिजाइन र उचित मूल्यमा आधारित यात्रु-मैत्री लगेज उपलब्ध गराउने प्रतिबद्धतालाई अझ सबल बनाएको छ ।

Share News