काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरेको 'पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला' अभियानअन्तर्गत ग्राहकहरूले कार्तिक २७ गते सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुनसक्ने भएका छन् ।
योजनाअनुसार खरिदको समयमा नै अधिकतम एक हजार रुपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ । प्रारम्भिक जानकारीअनुसार कार्तिक २१ गते लक्की ड्र रिभिल गर्ने भनिए पनि, ग्राहकहरूको उत्साह, सहभागीता र सहजतालाई मध्यनजर गर्दै ग्राण्ड लक्की ड्र कार्यक्रमलाई सारेर कार्तिक २८ गते सार्वजनिक गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । लक्की ड्रबाट छनोट भएका विजेताहरूको नाम सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
यस अभियानअन्तर्गत उपहारका रूपमा बम्पर उपहारमा बजाज पल्सर १५० सीसी मोटरसाइकल, दोस्रो मुख्य उपहारमा टीभीएस एनटीओआरक्यु १२५ स्कुटर, तथा अन्य उपहारमा स्मार्ट टिभी र स्मार्टफोनहरू राखिएका छन् । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी गरिएको यस अफरले नेपालभरिका टाटा सवारीसाधन प्रयोगकर्ताबाट उल्लेखनीय उत्साह र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको कम्पनीको दाबी छ । सिप्रदी अटोपार्ट्सले सबै ग्राहकलाई कार्तिक २७ भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ ।
कम्पनीका अनुसार टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरका, टाटाद्वारा प्रमाणित र सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्ने तथा गाडीको प्रदर्शन सुदृढ बनाउने गुणले सम्पन्न छन् । यही कारणले टाटा जेन्युइन पार्ट्स नेपालभरका व्यावसायिक एवं निजी सवारी प्रयोगकर्ताबीच विश्वासिलो ब्रान्डका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ ।
नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले सदैव सक्कली पार्ट्स र भरपर्दो बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वास कायम राख्दै आएको जनाएको छ ।