सिंगटी हाइड्रोको लाभांश घोषणा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।


 

Share News