जर्मनीले युक्रेनलाई थप ३ अर्ब युरो सैन्य सहयोग गर्ने

काठमाडौं । जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप ३ अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ। 

रुसविरुद्धको लडाइँमा सहयोग गर्न आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा ३ अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पुर्याउने योजना बनाएको हो ।

जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपीसँग भने, ‘अर्थमन्त्री लार्स क्लिङबेलले सन् २०२६ को संसदीय बजेट प्रक्रियामा युक्रेनको सहयोगका लागि थप ३ अर्ब युरो प्रस्ताव गर्नुहुनेछ।’

यसमा अन्य सहयोगहरूको साथ तोपखाना, ड्रोन, बख्तरबन्द वाहन र दुई प्याट्रियट प्रणालीहरूको प्रतिस्थापन समावेश छ।

प्रवक्ताले थपे, ‘जर्मनी युक्रेनको पक्षमा दृढता पूर्वक उभिएको छ र युरोपमा युक्रेनको सबैभन्दा ठूलो समर्थक हो। यो आर्थिक र सैन्य सहयोगका रूपमा लागू हुन्छ। हामी रूसको आक्रामक युद्धविरूद्ध युक्रेनी भूगोल र नागरिकको रक्षार्थ आवश्यक भएसम्म हाम्रो समर्थन जारी राख्नेछौँं ।’

Share News