अक्टोबरमा ७० हजारभन्दा बढी सवारी बिक्री गर्दै लीपमोटर शीर्ष स्थानमा

काठमाडौं । चिनियाँ नयाँ ऊर्जा सवारी (एनईभी) स्टार्टअप लीपमोटरले अक्टोबर २०२५ मा ७० हजार २८९ भन्दा बढी सवारी बिक्री गर्दै बिक्रीको शीर्ष स्थानमा उक्लिएको छ।

कम्पनीले गत वर्षको तुलनामा ८४ प्रतिशतले वृद्धि गरेको बिक्री नतिजा सार्वजनिक गर्दै यसलाई आफ्नो अहिलेसम्मकै उत्कृष्ट उपलब्धि बताएको छ ।

यो उपलब्धिले लीपमोटरलाई लगातार आठौं महिनासम्म चीनको सबैभन्दा बढी बिक्री हुने एनईभी स्टार्टअपको रूपमा स्थापित गरेको छ । कम्पनीका अनुसार यो रेकर्डले नवप्रवर्तन, उच्च गुणस्तर र दिगो गतिशीलतामा आफ्नो अटुट प्रतिबद्धता प्रमाणित गरेको छ । 

लीपमोटरले चीनमा मात्र होइन, नेपालसहित विश्वका विभिन्न बजारहरूमा पनि आफ्ना उन्नत, दक्ष र उच्च प्रदर्शन क्षमता भएका विद्युतीय सवारीसाधनहरू उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले विश्वव्यापी रूपमा दिगो यातायाततर्फको संक्रमणलाई समर्थन गर्दै विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउने आफ्नो लक्ष्य पुनः दोहोर्याएको छ ।

Share News