पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । 

उनले सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै रिट दायर गरेका हुन् ।

शाक्यको रिटको पेशी कार्तिक १८ गतेलाई तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ।

मन्त्रिपरिषदको असोज ५ गते बसेको बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो । 

सरकारले प्राधिकरणबाट सरुवा गरी शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेको थियो । 

सरकारले सुनुवाइको सामान्य मौकासमेत नदिई जिम्मेवारीबाट हटाएको भन्दै शाक्य सर्वोच्च पुगेका हुन् ।

उनलाई अघिल्लो सरकारले ४ वर्षको लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । 
 

Share News