दोलखामा हिमपहिरोमा परी ३ जनाको मृत्यु, ८ जना बेपत्ता

काठमाडाैं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । 

सोमबार बिहान १०:३० बजे गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी जानकुमार महतोका अनुसार ८ जना हराइरहेका छन् ।

१५ जनाको टोली नेपाली गाइडसहित नाँ गाउँबाट हिमाल आरोहण गर्न भनी निस्किएको थियो । हिँडेको डेढ घन्टापछि पहिरो गएको महतोले जानकारी दिए ।

उनका अनुसार उद्दारका लागि हेलिकप्टर तयार रहेको तर मौसमका कारण जान सकिरहेको छैन । उनले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिए ।

टोलीमा नेपाली विदेशी दुवै रहेका थिए । मृतक र हराएका दुवैको पहिचान हुन सकेको छैन । 

Share News