काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेशस्तरीय बजेट समिक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गतेसम्म बाँकेको कोहलपुरमा सम्पन्न गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूबाट १२१ जना प्रतिनिधिहरूको सहभागिता थियो ।
गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट प्रदर्शन गर्न सफल कर्मचारीहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च मनोबलका साथ कार्य गर्न प्रेरित गरेका थिए । सो अवसरमा नायब प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता, प्रतिबद्धता र दक्षताको आवश्यकता औंल्याउँदै अगाडि बढ्नुपर्ने बताएका थिए ।
विभागीय प्रमुखहरू राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले पहिलो त्रैमासिक अवधिमा आफ्ना विभागहरूले हासिल गरेका उपलब्धि प्रस्तुत गर्दै चालु त्रैमासका लागि कार्ययोजना सार्वजनिक गरेका थिए ।
गोष्ठीमा पहिली त्रैमासिक उपलब्धि, देखिएका चुनौती, सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो । साथै, दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना निर्माण, सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका रणनीतिहरूमा गहन छलफल गरिएको संस्थाले जनाएको छ ।
गोष्ठीले कर्मचारीहरूलाई थप उत्प्रेरणा, उत्साह र जिम्मेवारीका साथ काम गर्न प्रोत्साहित गर्ने र शाखा सञ्चालन सुधार तथा सेवा गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास संस्थाले व्यक्त गरेको छ ।