काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६२२ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ७२ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ ।
सोमबार ३३३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ । साथै, शिवम् सिमेन्टको ३७ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३३ करोड, राधी विद्युत कम्पनीको २४ करोड, सीनर्जी पावर डेभलपमेन्टको २४ करोड र युनीयन हाइड्रोपावरको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनीको ९.९९ प्रतिशत र एक्सल डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
समूहगत सूचकमा बैंकिङ ०.२२, फाइनान्स ०.१२, हाइड्रोपावर १.०५, लगानी ०.७०, जीवन बीमा १.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.०१ प्रतिशतले घटेका छन् । त्यस्तै व्यापार ०.९३, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२५, होटल तथा पर्यटन ०.०१ र विकास बैंक ०.११ प्रतिशत बढेले बढेका छन् ।