फरवार्ड माइक्रोफाइनान्सको साढे १३ करोड रुपैयाँको सेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साढे १३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहतर्फको ३ लाख ६२ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । 

लघुवित्तको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा लघुवित्तको १३ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । 

लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लघुवित्तको सेयरमा आज कात्तिक १७ गतेदेखि कात्तिक २३ गतेसम्म आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ 

Share News