आरएसडिसी लघुवित्तको वितरणयोग्य नाफा ९.९३ करोड रुपैयाँ, लाभांश क्षमता ६.१७ प्रतिशत

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २ करोड ११ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको ३ महिनामा लघुवित्तले २ करोड ६० लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो । गत आवको ३ महिनाको तुलनामा चालु आवको ३ महिनामा लघुवित्तको नाफा घटेको देखिन्छ । 

चालु आवको असोज मसान्तसम्मा लघुवित्तले ४ करोड ४८ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ४० लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा लघुवित्तले खुद शुल्क तथा कमिशन आम्दानी २० लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ करोड ६९ लाख ३९ हजार रुपैयाँ, सञ्चालन नाफा ३ करोड १ लाख ५४ हजार रुपैयाँ रहेको छ । 

गत असोजसम्ममा लघुवित्तको वितरणयोग्य नाफा ९ करोड ९३ लाख ५८ हजार रुपैयाँ रहेको छ । सो आधारमा लघुवित्तको लाभांश क्षमता ६.१७ प्रतिशत रहेको छ । लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सापटी लिई ५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको असोजसम्ममा लघुवित्तले ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ सापटी लिई ६ अर्ब २७ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

गत वर्षको असोजमा २.५७ प्रतिशत रहेको खराब कर्जा बढेर चालु आवको असोजमा ४.४४ प्रतिशत पुगेको छ । लघुवित्तको आधार दर ६.६७ प्रतिशत रहेको छ । 

Share News