काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशतका दरले ३२ लाख ६८ हजार २०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २० गते कृषि विकास बैंकको सभाहल रामशाहपथ काठमाडौंमा बिहान ११:३० बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । साथै, सञ्चालक समिति गठन गर्नेछ ।
कृषि विकास बैंकका कर्मचारी र सर्वसाधारण समेतको सहभागिता रहने गरी बैंकका कर्मचारीहरूको संचय कोषको रकम तथा अन्य पुँजी रकमलाई घर जग्गा व्यवसाय, संगठित संस्थाहरूको धितोपत्र तथा ऋृणपत्रहरू र अन्य सम्भाव्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यका साथ विसं २०५० चैत २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विसं २०५० चैत ३० गतेदेखी संचालनमा आएको हो ।