काठमाडौं । यस वर्षको अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व ३ हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट ८ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् ।
अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए ।
यसैगरी, श्रीलङ्काबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बङ्गलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।