राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउन गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो । 

अदालतको फैसलामा सरकारको राजदूत फिर्तासम्बन्धी निर्णय कानुनी परीक्षण नहुँदासम्म कार्यान्वयन नगर्न भनिएको छ ।

दुई साताअघि सरकारले ११ मुलुकका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि आजको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

यससँगै ती देशमा कार्यरत राजदूतहरू हाल कार्यरत मुलुकमै रहने भएका छन् ।

Share News