भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । सरकारले शुक्रबार (आज) देखि नयाँ मापदण्ड जारी गरेको हो ।

अध्यागमन विभागको प्रस्तावमा यसअघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड जारी गरिएको हो । 

यसअघिको  ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू सरकारले खारेज गरेको छ ।  

यो व्यवस्था आजैको मितिदेखि कार्यान्वयन हुने विभागले जनाएको छ । साथै विभागले बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्नसमेत अनुरोध गरेको छ । 

विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई नयाँ मापदण्डबारे सबैलाई सूचना दिन पनि अनुरोध गरेको छ । 

कागजपत्र निर्माणको प्रक्रिया झन्झटिलो भएको गुनासाहरू आएका कारण मापदण्ड परिमार्जन गरिएको हो ।

विभागका अनुसार नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र भ्रमणका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने व्यवहोराको स्वघोषणा उल्लेख गरेको हुनुपर्नेछ ।
 

Share News