नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः सुरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पुनः सुरू भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक करिब दुई घण्टा ढिलो गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको हो ।

यो बैठक असोज २८ गते बसेको केन्द्रीय समिति बैठककै निरन्तरता हो । तिहार र छठ पर्वका कारण केही दिन स्थगित भएको बैठक आजबाट फेरि निरन्तर भएको हो ।

बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीभित्रको संगठनात्मक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । 

Share News