काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेर २६०० बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन बैंकको भएको छ । हिमालयन बैंकको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, राधी विद्युतको ३७ करोड, नेपाल रिइन्स्योरेन्सको ३४ करोड, साहस ऊर्जाको २० करोड ६० लाख र बुटवल पावरको २० अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबर भएको छ ।
आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुरास लघुवित्त र उन्नती सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बिहीबार म्युचल फण्ड बाहेक सबै समूहका सूचक बढेका छन् । बैकिङ सूचक ०.३३, डेभलपमेन्ट बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर २.६७, इनभेन्टमेन्ट १.३५, लाइफ इन्स्योरेन्स १ं.८०, प्रशोधन तथा उत्पादन १.७४, माइक्रोफाइनान्स १.६०, नन लाइफ इन्स्योरेन्स १.७५, अन्य १.०६ र व्यापार समूह ०.८८ प्रतिशतले बढेका छन् ।