अधिवक्ता भट्टराईको भावुक निवेदन : अदालतले दुई वचन देओस्, संविधान नटुटोस, देश नडगमगाओस्

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइमा बुधबार वरिष्ठ अधिवक्ता टिकराम भट्टराईले संविधान र लोकतन्त्रको रक्षा गर्न अदालत समक्ष भावनात्मक तर दृढ माग राखेका छन् । संवैधानिक इजलासमा बहस गर्दै उनले संविधानमा थप क्षति नहोस् भन्ने उद्देश्यले दुईवटा स्पेसिफिक अन्तरिम आदेश जारी गर्न आग्रह गरेका छन् ।

उनका अनुसार अदालतले अब दुई कुरा सुनिश्चित गर्न जरुरी छ । पहिलो, संविधान विपरीतका कुनै पनि कामकारबाही नगर्नू, नगराउनू भन्ने आदेश दिन भट्टराईले बेन्च समक्ष आग्रह गरेका छन् ।

त्यस्तै, अन्तरिम सरकारले दिर्घकालीन असर पार्ने कुनै पनि निर्णय वा गतिविधि नगर्नू, नगराउनू भन्ने आदेश आजको आवश्यकतामा भट्टराईले अदालत समक्ष माग गरेका छन् ।

भट्टराईले अदालतलाई सम्बोधन गर्दै भने, 'बुधबार अदालत मौन रह्यो भने, संविधानको मर्ममा चोट पुग्नेछ । अदालत संविधानको अभिभावक हो, त्यसैले यसले तुरुन्तै रोकथामका कदम चाल्नुपर्छ ।'

Share News