६२ अंकले बढेको सेयर बजारमा ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ अंकले बढेर २५७१ बिन्दुमा पुगेको हो । 

आज २३६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

मंगलबार ३१४ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पाटर्नरको भएको छ । हिमालयनको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, युनियन हाइड्रोपावरको २३ करोड, राधी विद्युत कम्पनीको २१ करोड, बुटवल पावर कम्पनीको १९ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

मंगलबारको कारोबारमा व्यापार समूह बाहेक अरु सबै समूहको उपसूचक बढेका छन् । बैंकिङ समूह १.९२, विकास बैंक ४.४७, फाइनान्स ३.१४, होटल र पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, लाइफ इन्योरेन्स ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, म्युचल फण्ड ०.४६, नन लाइफ इन्स्योरेन्स २.५४ र अन्य १.१९ प्रतिशतले बढेका छन् । व्यापार समूह ०.७६ प्रतिशतले घटेको छ ।

Share News