काठमाडौं । मन्त्रीपरिषद्को तेस्रो विस्तारबाट थपिने चार नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आइतबार शीतल निवासमा साँढे २ बजे हुने तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ समारोहको तयारी भइरहेको सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।
नयाँ मन्त्रिपरिषद् विस्तारमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता समावेश भएको प्रधानमन्त्री सुशिला कार्कीकी प्रेस संयोजक राम रावलले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री कार्कीले भदौ २७ गते शपथ लिएकी थिइन् । कार्की प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक असोज ३० मा रामेश्वर खनाल, ओम अर्याल र कुलमान घिसिङले मन्त्रीको शपथ लिएका थिए ।
यसैगरी, असोज ९ गते कार्की नेतृत्वको सरकार दोस्रो पटक विस्तार भएको थियो । त्यसपछि अन्तरिम सरकार ९ सदस्यीय बनेको थियो । आइतबार ३ सदस्य थपिएसँगै कार्की नेतृत्वको मन्त्रीपरिषद् १२ सदस्यीय हुनेछ ।