अर्थमन्त्री खनालले गरे हायात होटल व्यवस्थापनसँग भेट, सेवा सुचारु गर्न आग्रह

काठमाडौं । हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेश निषेध गरिएको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् ।

प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार हायात रिजेन्सी व्यवस्थापनसँग कुराकानी गरी विषयमा जानकारी लिएका छन् ।

वार्ताको क्रममा अर्थमन्त्री खनालले सरकार होटलको सुरक्षाको पूर्ण प्रत्याभूति दिन तयार रहेको बताउँदै सेवा अबिलम्ब सुचारु गर्न आग्रह गरेका हुन् ।

उनले भने, 'तपाईंहरू आत्तिनु पर्दैन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौं। सुरक्षाको व्यवस्था हामी मिलाउँछौं । कत्ति पनि विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।'

अर्थमन्त्री खनालका अनुसार सरकारले आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक पहल गर्ने तयारी गरेको छ ।

Share News