१५.७८ प्रतिशत लाभांश बाँड्ने लक्ष्मी सनराइजको घोषणा


काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज असोज ३० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते बिहान ११ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ । 

Share News