सिंहदरबारको आगो सेनाले किन निभाएन ? यस्तो दियो जवाफ

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे धारणा सार्वजनिक गरेको छ । 

शुक्रबार पत्रकारसँग कुरा युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले सो घटनाबारे सेनामाथि उठेको प्रश्नहरुको जवाफ दिँदै भने, ‘राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो ।’

उनले  स्थिति तनावपूर्ण भएको र सेनाले कम घातक नीति अपनाएको बताए । उनले २ पटक सिंहदरबार छिर्न खोज्नेलाई सेनाले फर्काएको पनि धारणा राखेका छन् । 

उनले कुनै पनि नागरिकमाथि प्रत्यक्ष आक्रमण नगरेको पनि स्पष्ट पारे । सेनाले त्यतिबेला राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय  र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई मुख्य प्राथमिकता दिएर सुरक्षामा ध्यान केन्द्रित गरेको उनले बताए ।


उनका अनुसार, सेनाका जवान र दमकल टोली निरन्तर प्रयासरत रहेर आगो निभाउने क्रममा अर्थ मन्त्रालयको डेटा सेन्टर अन्ततः जोगाउन सफल भएका  बताए । 

Share News