काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले बिहीबार आफ्नो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।
सभामा कम्पनीका सञ्चालक, सेयरधनी तथा अन्य आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।
कम्पनीले सञ्चालनमा ल्याएको जलविद्युत आयोजना मिति २०८२ बैशाखदेखि नै विद्युत् उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्दै आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिएको छ ।
त्यस्तै, कम्पनीले आईपीओ जारी गर्ने तयारीका साथै व्यक्ती वा संस्थागत लगानीकर्तालाई रणनीतिक साझेदारका रूपमा संस्थापक सेयरधनीभित्र भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ ।
यसका अतिरिक्त कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ऐजेन्डा पनि सभाले सर्वसम्मत पारित गरेको छ ।
सभाबाट नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ। नयाँ समितिमा युरेसमान कायस्थ, आनन्द चौधरी, कृष्ण प्रसाद खाताखो, तीर्थराज पुरी र दीपिका प्रधान चयन भएका छन् ।
सभामा अध्यक्षले कम्पनीले आगामी दिनमा अन्य जलविद्युत् आयोजनामा पनि लगानी विस्तार गर्ने योजना रहेको जानकारी गराएका छन् ।
ईदी हाइड्रोपावरले आफ्नो उत्पादन क्षमताको दायरा बढाउँदै लगानीकर्तालाई दीर्घकालीन प्रतिफल दिने लक्ष्य लिएको छ ।