केयर रेटिङ्गस नेपालको ६० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । केयर रेटिङ्गस नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले करसहित ६० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते पुतलीसडक काठमाडौंमा दिउँसो साढे १२ बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । 

यस्तै, सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्त गर्नेछ ।

Share News