काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव गणेश शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । माओवादी पार्टीबाट सांसद र मन्त्रीसमेत रहेका शाह मधेशका स्थापित नेता हुन्।
पुराना कम्युनिष्ट नेता विष्णुबहादुर मानन्धरको नेकपा प्रजातन्त्रवादी हुँदै नेकपा संयुक्तका पूर्वनेतासमेत रहेका शाह पार्टीलाई माओवादीमै समाहित गरेयता माओवादी पार्टीका प्रभावशाली नेता बनेका थिए ।
शाहले माओवादीमा पुनर्गठनको गुञ्जायस नभएको आरोप लगाउँदै आएका थिए ।