काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ ।
नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत, दाङमा १५८ रुपैयाँ र अन्य क्षेत्रमा १५६.५० रुपैयाँ कायम गरिएको छ ।
‘इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत् कायम गरिएको छ,’ निगमले भनेको छ । 