काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब सिद्धार्थनगर, रुपन्देहीस्थित एशियन बुद्ध होटलमा सेवा लिँदा छुट प्राप्त गर्न सक्ने भएका छन् ।
यस सम्बन्धमा बैंक र होटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार, ग्राहकहरूले होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशत छुट पाउनेछन् ।
ग्राहकहरूले यो छुट सुविधा प्राप्त गर्नका लागि एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
यस सहकार्यले ग्राहकलाई आकर्षक छुट सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य बैंकले लिएको छ । नगदरहित कारोबारको विस्तार र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन पनि यस कदमले सहयोग गर्ने बैंकको विश्वास छ ।