२५०५ अंकमा नेप्से, म्युचल फण्ड बाहेक सबै उपसूचक घटे

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक २२ अंकले घटेर २ हजार ५०५ बिन्दुमा झरेको छ ।

आज ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार ३१८ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, हिमालयन रिइन्स्योरेन्सको १३ करोड, युनियन हाइड्रोको १२ करोड, बुटवल पावर कम्पनीको ९ करोड र हिमालयन डिस्टीलरीको ८ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।

नेप्सेका अनुसार उपसूचकमा म्युचल फण्ड बाहेक सबै सूचक घटेका छन् । म्युचल फण्ड ०.२४ प्रतिशतले बढेको छ । बैंकिङ ०.०५, विकास बैंक १.१४, वित्त १.१०, होटल र पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, लाइफ इन्योरेन्स ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रो फाइनान्स ०.५६, नन लाइफ इन्स्योरेन्स ०.६५, अन्य १.२२ र व्यापार २.०९ प्रतिशतले घटेका छन् ।  

Share News