काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको गोलीकाण्डको बारेमा घटना घटेपछि प्रधानमन्त्रीलाई थाहा भएको बताएका छन् ।
बुधबार केन्द्रीय कमिटी बैठकमा उनले पेश गरेको १५ बुँदे राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
गोली चलाउने आदेश अधिकार प्राप्त संस्था वा अधिकारीले मात्र दिन सक्ने र प्रधानमन्त्रीले नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
‘गोली चलाउने आदेश कानुनतः अधिकार प्राप्त संस्था वा अधिकारीले मात्र दिन सक्दछ र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट छ। भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो,’प्रतिवेदनमा भनिएको छ ।
उनले समग्र जेनजी घटनाक्रमका बारेमा विश्लेषण गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
प्रतिवेदन ६ पृष्ठको रहेको छ ।