काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको ११ औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव गरिएको छ ।
बुधबार जावलाखेलमा चलिरहेको बैठकमा पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।
यसअघि १० औ महाधिवेशन पर्यटकीय सहर सौराहामा सम्पन्न गरेको एमालेले ११ औ महाधिवेशन अर्को पर्यटकीय सहर पोखरामा गर्ने प्रस्ताव गरेको हो ।
एमालेको विधानमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्ने व्यवस्था रहेको छ । पार्टीको दशौं महाधिवेशन ०७९ मंसिरमा भएको थियो ।
पछिल्लो राजनीतिक अवस्थाले एमालेले आफ्नो महाधिवेशन समय अगावै गर्न लागेको हो ।
कहिले कहिले भयो एमालेको महाधिवेशन ? :
पहिलो महाधिवेशन २०१० माघ १० – २०
दोस्रो महाधिवेशन २०१५ जेठ १५ – २५
तेस्रो महाधिवेशन २०१९ बैशाख ४ – १५
चौथो महाधिवेशन २०४६ भदौ ९ – १४
पाँचौं महाधिवेशन २०४९ माघ १४ – २०
छैठौं महाधिवेशन २०५४ माघ १२ – १८
सातौं महाधिवेशन २०५९ माघ १८ – २२
आठौं महाधिवेशन २०६५ फागुन ५ – १४
नवौं महाधिवेशन २०७१ असार १९ – ३१
दशौ महाधिवेशन २०७८ मङ्सिर १० – १३