देश प्रतिक्रान्तितर्फ अग्रसर भएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ अग्रसर भएको बताएका छन् । 

पार्टीको केन्द्रीय कमिटी बैठक लाई सम्वोधन गर्दै उनले आफ्नो दलले गलत नगरेको र आफ्नो सरकारले गलत नगर्दा पनि सरकार र पार्टी बिरुद्ध आक्रमण भएको बताएका हुन् ।

अरूले देशको विकास नगरे पनि हुने, अरूले देशभक्तिको कुरा नगरे पनि हुने, किन एमालले मात्रै यी कुरा गनुपर्ने भन्दै एमाले बिरुद्ध आक्रमण भएको दावी ओलीले गरेका हुन् । 

देशको दिगो विकासतर्फ अग्रसर भएको बेलामा सरकार र पार्टीविरुद्ध अनर्गल प्रचार भएको गुनासो ओलीको छ।

अर्को वर्षबाट देश विकासशील देशमा स्तरोन्नति हुन थालेको अवस्थामा भएको परिवर्तन प्रतिगमन भएको ओलीको जिकिर गरे । 

उनले यो देशको नायकत्व एमालेले लिएको दावीसमेत गरे । 

Share News