लिपमोटर बी टेन : एकै चार्जमा काठमाडौं–पोखरा–काठमाडौं पूरा यात्रा सफल

काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्दै लिपमोटर बी टेनले हालै सम्पन्न परीक्षणमा काठमाडौं–पोखरा–काठमाडौं करिब ४५० किलोमिटर दूरी एकै चार्जमा सफलतापूर्वक तय गरेको छ।

लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्म ‘कारहरू’ द्वारा स्वतन्त्र रूपमा सञ्चालन गरिएको यस रेञ्ज टेस्टमा टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी पोखरा लेकसाइड पुगेर पुनः काठमाडौं फर्किएको थियो ।

यो उपलब्धिले बीटेनको उच्च ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि र नेपालका सडकको अवस्थाहरूमा पनि स्थिर र विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गरेको छ । 

यस सफल परीक्षणले लामो दूरीको यात्रा सहज, आरामदायी र आत्मविश्वासपूर्ण बनाउन सक्षम स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युगको सुरुवात गर्ने लिपमोटरले जनाएको छ।

Share News