सुनको मूल्य ४ सयले बढेर हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।     

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।     

हिजो मङ्गलबार सुन प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो ।  

Share News