भोटेकोशीको सेयर निःशुल्क होइन, १०० रुपैयाँमा बेच्ने सहमति

काठमाडौं । भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड ९बीकेपीसी०ले जेनजीलाई सेयर निशुल्क नभई सय रुपैयाँमा बेच्ने सहमति भएको जनाएको छ । 

बुधबार बीकेपीसीले विज्ञप्ति जारी गर्दै यस्तो सहमति भएको जानकारी दिएको हो ।

स्थानीय बासिन्दाहरूको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र बीकेपीसीबीच निःशुल्क सेयर लिनेरदिने सहमति नभएको विज्ञप्तिमा उल्लेख छ ।

१० प्रतिशत सेयरको लागि आवेदन दिनु अगाडि जेनजीलाई पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाइसकेपछि प्रति सेयर बराबर अंकित मूल्य १०० रहेको सेयर १०  प्रतिशतमात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनीलाई बिक्री गर्ने सहमति भएको बीकेपीसीले जनाएको छ ।

बीकेपीसीका अनुसार निर्माण कार्य पूरा भइसकेको परियोजनाको हकमा सार्वजनिक लिमिटेड कम्पनीले वार्षिक रूपमा वितरण हुने लाभांशबाट १० प्रतिशत सेयर बराबरको रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ । तर, उक्त रकम कम्पनीले आफ्नो ऋण र त्यसको ब्याज तिर्नका लागि प्रयोग गर्ने सहमति भएको हो ।

कम्पनीले निःशुल्क सेयर दिइएको भन्ने प्रचार पूर्ण रूपमा भ्रामक रहेको बताउँदै सबै सञ्चारमाध्यम र सरोकारवाला पक्षलाई यस्ता भ्रामक समाचार नछाप्न आग्रहसमेत गरेको छ ।

Share News