जेनजीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैन : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्न नहुने बताएका छन् । बुधबार सभामुखसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । 

उनले राप्रपाले सभामुख देवराज घिमिरेसँग जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए । जेनजीको अहिलेको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको बताए ।

गैरदलीय स्थानीय तह नहुने पनि जेनजीकै मागहरु रहेको बताए । देशमा भ्रष्टाचार व्याप्त रहेको र यसलाई नियन्त्रण गर्न संविधानका केही धाराहरू बाधक रहेकाले त्यसलाई परिमार्जन गर्न जरुरी रहेको जानकारी दिए । 

‘हामीले सभामुखलाई स्पष्ट अडान राखेका छौँ । जेनजीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन । संसदबाट पारित गर्छौं भन्ने प्रतिवद्धता भएमात्रै संसद पुनःस्थापना गरौँ नत्र नगरौँ । देशमा भ्रष्टाचार व्याप्त छ, भ्रष्टाचार नियन्त्रणका लागि संविधानका केही धाराहरू बाधक छन्, ति धारालाई परिमार्जन गर्ने प्रतिवद्धता हुनुपर्छ,' उनले भने ।

उनले नेपालको संविधानमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिले मतदान गर्न पाउने र उम्मेदावर बन्न नपाउने उमेहरदबन्दी हटाउनुपर्ने जानकारी दिए । 
 

Share News