सर्वोच्चमा नयाँ मुद्दा अगाडि बढाउने पहिलो दिन नै सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी १० वटा रिट निवेदन

काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ प्रक्रिया सुरु भएसँगै मंगलबार चारवटा रिट निवेदन दर्ता भएका छन् । 

सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न सुरु गरेसँगै आज चारवटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताए । 

उनका अनुसार चारवटै रिटमाथि बुधवारको लागि पेसी तोकिएको छ ।

पाण्डेले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै १० वटा मुद्दा आएको पनि बताए । 

यद्यपि ती मुद्दाहरू अध्ययनकै क्रममा रहेको सहायक प्रवक्ता पाण्डेको भनाइ छ । जेन–जनी आन्दोलनका क्रममा आन्दोलनकारीले सर्वोच्च अदालतको भवनमा आगजनी गरेपछि सर्वोच्चको कामकारबाही प्रभावित भएको थियो। 

उनले मंगलवार सर्वोच्चमा एउटा मात्र संयुक्त इजलास बसेको जानकारी दिए । उक्त इजलास टेन्टमा नभई अदालतको भूकम्पपछि निर्माण गरिएको भवनमा बसेको थियो ।

तिहारपछि सर्वोच्चका सबै सेवाहरु भवनहरूबाटै सुरु गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ । 

Share News