काठमाडौं । २ महिनाको अवधिमा मोबाइल बैंकिङ मार्फत साढे ४ खर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को भदौसम्ममा मोबाइल बैंकिङ अन्तर्गत ६ करोड २५ लाख कारोबारबाट ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको भदौसम्ममा क्युआर कोड भुक्तानी अन्तर्गत ४ करोड १० लाख वटा कारोबार मार्फत १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ कारोबार भएका छन् ।
२ महिनाको अवधिमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबार मार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ ।