१९ अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार (आज) नेप्से १९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा पुगेको छ ।

आज ३१७ स्टकको ३८ हजार ८२७ पटक कारोबारमा ७४ लाख ८८ हजार २७३ सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा नेपाल रि इन्स्योरेन्सको ३२ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन रि इन्स्योरेन्सले १६ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । 

त्यस्तै, सिईडिबी होल्डिंग्सको १२ करोड ६८ लाख, युनियन हाइड्रोपावरको १० करोड १८ लाख रुपैयाँ र सिवम् सिमेन्टको ८ करोड ७८ लाखको कारोबार भएको छ ।

आज म्युचल फण्ड, अन्य र व्यापारबाहेक उपसमूह घटेका छन् । म्युचल फण्ड ०.०६, अन्य ०.७९ र व्यापार १.४८ प्रतिशतले बढेको छ । घटेका उपसमूहरूका बैकिङ ०.८२, विकास बैंक १.००, फाइनान्स १.४०, होटल तथा पर्यटन १.११, हाइड्रोपावर १.७१ , लगानी १.१६, जीवन बीमा ०.९८, उत्पादन तथा प्रशोधन ०.९८, माइक्रोफाइनान्स ०.७९ र  निर्जीवन बीमा १.१० प्रतिशतले घटेका छन् ।

मंगलबार शुभम पावर लिमिटेड र ग्रामिण विकास लघुवित्तको सेयरका सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।   

Share News