काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनमा आन्दोलनकारीको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक भएका छन् । उनी घटना भएको ३५ दिनपछि सार्वजनिक भएका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै उनी सार्वजनिक भएका हुन् । भदौ २४ गते जेनजी आन्दोलनमा उनीसहित पत्नी आरजु राणा देउवामाथि कुटपिट भएको थियो । त्यसपछि उनीहरु अस्पताल भर्ना भएका थिए । उनीहरुले त्यसपछि कुनै पनि सार्वजनिक वक्तव्य राखेका थिएनन् ।
टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको थियो । उनीसँगै आरजु राणा पनि सार्वजनिक भएकी छन् ।