एकैदिन सुनको मूल्य तोलामा ८ हजार १ सयले बढ्यो

काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन हालसम्मकै सबैभन्दा महँगो हो ।

साथै आज चाँदीले पनि रेकर्ड कायम गरेको छ ।  चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।  

Share News