सेयरधनीले खरिद नगरेको ५ लाख कित्ता सेयर बेच्दै खानी खोला हाइड्रोपावर

काठमाडौं । खानी खोला हाइड्रोपावरले ५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि असोज ५ गते चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण सेयरधनी समूह तर्फको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर कात्तिक १२ गतेदेखि कात्तिक १९ गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयरको न्यूनतम् मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम् १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठीमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखाबाट आवेदन दिन सक्नेछन् । 

Share News