काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार साधारण सभाले पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।