काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ ब्रान्डको अधिकृत वितरकले तिहारको अवसरमा आकर्षक अफर सहितको विशेष अभियान फोर्थिङ तिहार भाइब सुरु गरेको छ।
यो अफर असोज २७ देखि कात्तिक ३ सम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकहरूले फोर्थिङको प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडेमा विशेष पाउनेछन्।
बुकिङमा आईफोन १७ जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । त्यसैगरी आकर्षक नगद छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाट होम चार्जर, स्पेयर टायर, १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क रहेको छ ।
फोर्थिङ फ्राइडेले नेपाली ईभी बजारमा नयाँ स्तरको प्रिमियम अनुभव ल्याएको कम्पनीले जनाएको छ । ६४।४ किलोवाट ब्याट्री र ९९ किलोवाट मोटरसहितको यो एसयूभीले डब्ल्यूएलटीपी मापदण्ड अनुसार ४०० किलोमिटर सम्मको दायरा प्रदान गर्छ।
कम्पनीले ग्राहकहरूलाई थापाथली र नमसालस्थित फोर्थिङको शोरुममा आमन्त्रणसमेत गरेको छ ।