काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ । सोमबार (आज) बस्ने भनिएको बैठक अब भोलि बिहान ११ बजेका लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आह्वान गरिएको थियो ।
उनका अनुसार तयारी अपुग भएकाले आज अपराह्न ३ बजे निर्धारण गरिएको बैठक भोलि बिहान ११ बजे बस्नेछ । त्यसपछि केन्द्रीय समिति बैठक पनि भोलि मध्यान्ह १ बजे सुरु हुने पौडेलले जानकारी दिए ।
यसअघि आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि सारेर भोलिको मिति तय गरिएको हो ।
कांग्रेसभित्र अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विषयमा विवाद देखिएको छ । इतर पक्षले मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने माग राखेको छ । तर, संस्थापन पक्षले यो सम्भव नभएको अडान लिँदै आएको छ ।