काठमाडौं । उदयपुरको अधेरीमा सोमबार बिहान चलिरहेको कारमा एक्कासि आगलागी हुँदा कारमा सवार एक ७ वर्षीय बालक सामान्य घाइते भएका छन् ।
आगलागी हुँदा सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएको छ ।
इलामबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९ च ८६६८ नम्बरको कार आगलागी भएको हो ।
कारमा सवार ७ वर्षीय आरोन सेनचुरी सामान्य घाइते भएको र उनलाई तत्कालै जिल्ला अस्पताल, उदयपुरमा उपचारका लागि लगिएकोमा थियो । उनी अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
चालक ४२ वर्षीय प्रेमकुमार सेन्चुरी, उनकी श्रीमती २७ वर्षीय अनिता सेन्चुरी र जेठा छोरा १४ वर्षीय आयुष सेन्चुरी सकुशल रहेको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिए ।
उनका अनुसार प्रहरीले घटनाको बारेमा थप अनुसन्धान जारी राखेको छ ।