फोटोनले टुनल्याण्ड पिकअपका ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

काठमाडौं । फोटोनले पिकअप मोडेल फोटोन टुनल्याण्ड का ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ । लिमिटेड टाइम अफर अन्तर्गत, ग्राहकहरूले ३ वर्षसम्म वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस सुविधा प्राप्त गर्नेछन् ।

यो अफरले टुनल्याण्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सहज बनाउनेछ । कम्पनीका अनुसार अफरले गाडीको दीर्घायु, कार्यक्षमता र भरपर्दोपनमा थप सुधार ल्याउने लक्ष्य राखिएको छ ।

निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्टहरूको नियमित मर्मत समावेश गरिएको छ । यी पार्ट्सहरूले गाडीको प्रदर्शनलाई उच्च स्तरमा कायम राख्न मद्दत गर्ने फोटोनको दाबी छ । तर, यो सुविधा उल्लेखित पार्ट्सहरूमा मात्र सीमित रहने कम्पनीले स्पष्ट पारेको छ ।

फोटोन टुनल्याण्ड नेपाली बजारमा एक शक्तिशाली, टिकाउ र बहुउपयोगी पिकअप का रूपमा स्थापित छ । लगातार मागमा रहेको यो मोडेल नेपालका सबैभन्दा बढी बिक्री हुने पिकअपमध्ये एक बनेको छ ।

कम्पनीका अनुसार, ‘जिरो कस्ट अफर’ मार्फत फोटोनले ग्राहक सन्तुष्टि र भ्यालु–फर–मनी सेवाप्रतिको प्रतिबद्धता झनै मजबुत बनाएको छ । यो अफर २०२५ अक्टोबर ३१ सम्म मात्र मान्य रहनेछ ।

फोटोनले ग्राहकहरूलाई नजिकको फोटोन शोरूम वा अधिकृत डिलरमा पुगेर अफर सकिनु अघि नै यसको फाइदा लिन आग्रह गरेको छ । कम्पनीले यस अफरमार्फत नेपालजस्तो प्रतिस्पर्धी अटोमोबाइल बजारमा नवीनता, भरपर्दोपन र ग्राहक सेवाप्रतिको समर्पण पुनः प्रमाणित गरेको जनाएको छ ।

Share News