काठमाडौं । दशैं–तिहार र छठ पर्वलाई लक्षित गर्दै सिप्रदी अटोपाट्र्स प्रालिले ग्राहकहरूका लागि ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा बम्पर उपहार र क्यासब्याक जित्ने अवसर पाउनेछन् ।
१ लाखभन्दा माथि खरिद गर्ने ग्राहकले बजाज पल्सर १५० सीसीको बम्पर उपहारको रूपमा पाउने जनाइएको छ।
यसैगरी, ७५ हजार माथिको खरिदमा टीभीएस स्कुटर (१२५ सीसी), २५ हजार माथिको खरिदमा स्मार्ट टिभी, ५ हजार माथिको खरिदमा स्मार्टफोन र हरेक खरिदमा १ हजारसम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ उपलब्ध हुने सिप्रदीले जनाएको छ ।
टाटा जेन्युइन पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्त्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्ने जनाइएको छ । यसले मर्मत खर्च घटाउने मात्र नभई सवारीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ ।
नेपालमा टाटा मोटर्सद्वारा उत्पादित र वितरित यी पार्ट्सका एक मात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि रहेको छ ।
योजना केवल दुई हप्ता मात्रै लागू हुने भएकाले ग्राहकहरूले ढिलो नगरी टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा भाग लिन र बम्पर उपहार जित्ने सुनौलो अवसरको फाइदा उठाउन सक्नेछन् ।