विद्युतीय सवारीमा नयाँ लहर : जिली ईएक्स फाइभले नेपाली बजार तताउँदै

काठमाडौं । हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्वविख्यात विद्युतीय सवारी ब्रान्ड जिली ईएक्स फाइभले छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ । नेपालमा सार्वजनिक भएको दुई महिनाभित्रै नै काठमाडौंको गैरीधारास्थित शोरूममा ग्राहकहरूको भीड लाग्न थालेको छ भने टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ ।

जिली अटोमोबाइल ग्रुपको विश्वसनीयता र नवप्रवर्तनशील प्रविधिप्रतिको उपभोक्ताको विश्वासले यस ब्रान्डप्रतिको आकर्षण थप बढाएको देखिन्छ । काठमाडौं, पोखरा र विराटनगरका उत्साही ग्राहकहरूले गैरीधारा शोरूममा आएर प्रत्यक्ष रूपमा जिली ईएक्स फाइभ र प्रो मोडेलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयूभीहरू अनुभव गर्दै प्रशंसा व्यक्त गरेका छन् ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया पाएको बताए ।

धेरै ग्राहकहरूले ईएक्स फाइभको रेन्ज, विश्वसनीयता र अत्याधुनिक सुविधाहरूका कारण यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयूभीको रूपमा व्याख्या गरिरहेका छन् ।

उच्च मागका कारण कम्पनीले शोरूम समय विस्तार गर्दै बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्ने र शनिवार तथा सार्वजनिक बिदामा पनि खुला रहने घोषणा गरेको छ ।

त्यसैगरी, आगामी चाडपर्व लक्षित गर्दै एलआरआर मोटर्सले विशेष फेस्टिभ अफरहरू समेत ल्याएको छ । अफरअन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक जस्ता आकर्षक लाभ प्राप्त गर्न सक्नेछन् ।

Share News