मानव संशाधन सम्मेलन सम्पन्न,विभिन्न क्षेत्रका २५० काे सहभागिता

<p>काठमाडौं । मानव संशाधन सम्मेलन २०१७ काठमाडौ‌मा सम्पन्न भएको छ ।  सन् २००८ देखी संचालन हुँदै आएको ग्रोथसेलर्स कनसल्टेन्सी प्रालि को आयोजनामा भएको यो सम्मेलन मानव संशाधन भेलाको दशौ संस्करण हो । यस कार्यक्रममा मानव संशाधन समुदायलाई एउटै मन्चमा ल्याएर बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याती प्राप्त विज्ञहरुको उपस्थितीमा सससामयिक बिषयमा वारेमा विचार, जानकारी तथा [&hellip;]</p>

काठमाडौं । मानव संशाधन सम्मेलन २०१७ काठमाडौ‌मा सम्पन्न भएको छ ।  सन् २००८ देखी संचालन हुँदै आएको ग्रोथसेलर्स कनसल्टेन्सी प्रालि को आयोजनामा भएको यो सम्मेलन मानव संशाधन भेलाको दशौ संस्करण हो ।

यस कार्यक्रममा मानव संशाधन समुदायलाई एउटै मन्चमा ल्याएर बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याती प्राप्त विज्ञहरुको उपस्थितीमा सससामयिक बिषयमा वारेमा विचार, जानकारी तथा अन्तरराष्ट्रिय राष्ट्रिय रुपमा प्रचलनमा रहेका सान्दर्भिक बिषयका बारेमा बिचार, जानकारी आदान प्रदानका सत्रहरु तथा मस्तिष्कमन्थन र गहन अन्तरकृया हुने गरेको छ ।

यस वर्षको प्रमुख आकर्षण भारतका प्राडा टीभी राओ, आई एस् एफ इरुदयराज, चन्द्रकुमार शेखर र स्वदेशी श्रोत ब्यक्तीहरुमा राष्ट्रिय योजना आयोगका माननिय सदस्य डा स्वर्णिम वाग्ले, राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका मुख्य कार्यकारी अधीकृत डा गोबिन्द राज पोख्रेल, पंकज श्रेष्ठ, अजय मिश्र, मनिष झा, सुश्री मुन गुरुंग, अन्तर्राष्ट्रिय श्रम संगठनका श्री रिचार्ड हावार्ड, रभी के सी, आशुतोष तिवारी, डा सान्दुक रुईत, देवाशिष हाईत, बिना राना, समीर काईवर रहेका थिए ।

यो सम्मेलनमा बिभिन्न क्षेत्रका गरेर २५० भन्दा जनाको सहभागिता रहेको थियो। यस कार्यक्रमका प्रमुख अतिथी काठमाण्डु विश्वबिद्द्यालयका डिन प्राध्यापक सुबास के सी ले सम्मेलनको उद्घाटन गरे ।

उक्त कार्यक्रममा लेखक द्वय मोहन ओझा र मनोहर मान श्रेष्ठको पिपल पावरः एक्सेलिङ ह्युमन रिसोर्सेज नामक संग्रह पनि बिमोचन गरे।

यस कार्यक्रमका शीर्ष प्रायोजक निम्बल ईन्फोसिस प्रालि र डि ए भी कलेज अफ म्यानेजमेन्टको सहप्रायोजनका साथै नेपाल टेलीकम, सी ई कन्स्ट्रक्सन, सिद्धार्थ अवकाश कोष, मेट लाईफ, सगरमाथा ईन्स्युरेन्स, रेनल्ट, फ्याक्ट नेपाल, र वाटरकम का साथै अन्य संस्थाहरुको सहयोग रहेको थियो।

 

Share News